सरकारकाे गलत काममा प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासकै हिस्सा – गगन थापा

Spread the love

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै गगन थापाले आफ्नै पार्टी सरकारमा सहभागी भए पनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नु संसदीय लोकतन्त्रको सकारात्मक पक्ष भएको बताए।रास्वपाका सांसदहरूले संसदमा सरकारले गरेका नराम्रा कामबारे बोल्नु ठिक हो,’ थापाले भने, ‘आफ्नो पार्टी सरकारमा छ भन्दैमा मौन बस्नुपर्छ भन्ने हुँदैन। हामी पनि कांग्रेस सरकारमा रहेका बेला गलत निर्णय र कामको विरुद्धमा बोल्ने गर्थ्यौँ।’ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा सरकारका गलत कामबारे प्रश्न उठाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

थापाले रास्वपाका सांसदहरूलाई सरकारको जिम्मेवारीका विषयमा पनि स्पष्ट हुनुपर्ने बताए। विगत र वर्तमानको जिम्मेवारी लिने विषयमा प्रश्न उठाउँदै उनले सत्तामा रहेका दलहरूले वर्तमान सरकारका कामको जिम्मेवारी लिनुपर्ने धारणा राखे।रास्वपाका साथीहरूलाई हामीले सम्झाउनुपर्नेछ– हामी मन्त्री नहुँदा पनि विगत ३५ वर्षको सबै जिम्मा हामीले लिनुपर्ने? तर अहिलेको सरकारले कुनै गल्ती गर्दा चाहिँ त्यसको जिम्मा प्रधानमन्त्रीले मात्रै लिनुपर्ने? यस्तो हुँदैन,’ उनले भने।

उनले सरकारमा सहभागी भएपछि सरकारका राम्रा र नराम्रा दुवै कामको सामूहिक जिम्मेवारी सत्ता साझेदार दलहरूले लिनुपर्नेमा जोड दिए।थापाका अनुसार सत्तामा रहेको दलले सरकारका गलत काममा प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासकै हिस्सा हो। सत्ता साझेदार दलका सांसदहरूले संसदमा सरकारका कामबारे प्रश्न उठाउनु स्वाभाविक र सकारात्मक भएको उनको भनाइ छ।सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले पार्टीको आगामी रणनीति तथा सरकारप्रति कांग्रेसको धारणालगायत विषयमा आफ्नो धारणा राखिरहेका छन्।