आपूर्ति सहज बनाउन विभिन्न जिल्लाका प्रशासन कार्यालय तथा ग्यास डिलरसँग समन्वय
अनुगमनका क्रममा ग्यास व्यवसायीले ठूलो परिमाणमा सिलिन्डर भण्डारण गरेको नपाइएको प्रजिअ दाहालले बताए। उनका अनुसार बिक्री केन्द्रमा जति ग्यास आउने गरेको छ, त्यति नै उपभोक्ताले लैजाने गरेको पाइएको छ। ग्यास आएलगत्तै उपभोक्ताले गाडीबाटै सिलिन्डर घरतर्फ लैजाने गरेको समेत उनले बताए।ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शनिबार फुङलिङका ग्यास बिक्री केन्द्रमा छड्के अनुगमन गरेका छन्। खाना पकाउने ग्यासको माग र आपूर्तिबीच सन्तुलन कायम गरी सम्भावित अभाव रोक्ने उद्देश्यले उनले आफैं बजार अनुगमन गरेका हुन्।
दाहालले ताप्लेजुङमा ग्यासको माग तत्काल अत्यधिक बढेको अवस्था नदेखिएको पनि बताए। आपूर्ति सहज बनाउन उनले तराईका विभिन्न जिल्लाका प्रशासन कार्यालय तथा ग्यास डिलरसँग समन्वय गरिरहेको जानकारी दिए।
