खेतीयोग्य जमिनमा पर्नसक्ने जोखिमलाई गम्भीरतापूर्वक लिने -मुख्यमन्त्री चेतनारायण आचार्य

Spread the love

आइतबार सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको उपस्थितिमा मुख्यमन्त्री आचार्यले नदी कटान प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। अनुगमनका क्रममा उनले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान तथा त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गरेका छन्।

मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणका लागि आवश्यक स्रोतको व्यवस्थापन प्रदेश सरकारले गर्ने र विपद् व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए।उनले भने, “बजेटको अभावका कारण सुस्ता क्षेत्रको नदी कटान नियन्त्रणको काम रोकिने छैन। प्रदेश सरकारले यस विषयमा आवश्यक ध्यान दिन्छ। नदी कटान नियन्त्रणका लागि तत्काल गर्नुपर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ।”नदी कटानका कारण सुस्ता क्षेत्रका बस्ती, खेतीयोग्य जमिन तथा सीमा क्षेत्रमा पर्नसक्ने जोखिमलाई गम्भीरतापूर्वक लिन मुख्यमन्त्री आचार्यले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई आग्रह गरे। उनले तीनवटै सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइने बताए।