साउदी पाकिस्तान र टर्कीबीचको सैन्य सम्बन्धलाई थप मजबुत बनाउने
साउदीका युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सम्झौतामा हस्ताक्षर गरेका छन्।पश्चिम एसियामा बढ्दो तनावबीच भएको यो सम्झौताले तीन देशबीचको सैन्य सहकार्यलाई थप गहिरो बनाउने उद्देश्य राखेको छ।साउदी अरेबिया, पाकिस्तान र टर्कीबीच शुक्रबार ‘मक्का संयुक्त रक्षा सम्झौता’ भएको छ। सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र हमला भए त्यसलाई तीनै देशमाथि भएको हमलाका रूपमा लिइनेछ।
यो सम्झौता गत वर्ष पाकिस्तान र साउदी अरेबियाबीच भएको ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ मा आधारित रहेको बताइएको छ। पछिल्लो समय टर्की र कतारलाई समेत समेटेर व्यापक ‘इस्लामिक नाटो’ निर्माण हुन सक्ने चर्चा बढिरहेको छ।इरानसँगको द्वन्द्वसँग जोडिएका आक्रमणहरूका कारण साउदी अरेबिया पटक–पटक आक्रमणको जोखिममा परेको अवस्थामा नयाँ रक्षा सम्झौता भएको हो।सम्झौताले साउदी, पाकिस्तान र टर्कीबीचको सैन्य सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।यसैबीच भारतको विदेश मन्त्रालयले नयाँ रक्षा सम्झौताबाट आफ्नो राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावबारे अध्ययन गर्ने जनाएको छ।
