हिमपहिरोपछि दुई नेपाली गाइडको शव भने तत्कालै फेला
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत २०८२ कात्तिक १७ गते (नोभेम्बर २, २०२५) यालुङ री आरोहणका क्रममा गएको हिमपहिरोमा परी बेपत्ता भएका आरोहीकै शव हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि मृतकहरूको औपचारिक पहिचान भने हुन बाँकी छ।बिहीबार स्थानीय बासिन्दाले आधार शिविर क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलको अवस्था बुझ्न शुक्रबार हेलिकोप्टरमार्फत प्रहरी टोली यालुङ री आधार शिविर पुगेको थियो।नेपालको रोल्वालिङ हिमशृंखलाअन्तर्गत यालुङ री हिमालको आधार शिविरमा महिनौँदेखि बेपत्ता पाँच आरोहीका शव भेटिएका छन्। गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूको शव हिउँ पग्लिएपछि सतहमा देखिएको प्रहरीले जनाएको छ।
तर उच्च हिमाली क्षेत्रमा मौसम बिग्रिएपछि टोलीले शव निकाल्न सकेन। खराब मौसमका कारण हेलिकोप्टर फर्कनुपरेको प्रहरीले जनाएको छ। मौसममा सुधार आएपछि शव उद्धारको काम पुनः सुरु गरिने अधिकारीहरूले बताएका छन्।गत वर्ष यालुङ री आरोहणका क्रममा आएको हिमपहिरोमा पाँच विदेशी आरोही र दुई नेपाली पर्वतारोहण गाइडसहित सात जना परेका थिए।हिमपहिरोपछि दुई नेपाली गाइडको शव भने तत्कालै फेला परेको थियो। उनीहरू सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाका मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिकाका पदम तामाङ रहेको पहिचान भएको थियो।
तर दुई इटालियन, एक क्यानडेली, एक फ्रान्सेली र एक जर्मन गरी पाँच विदेशी आरोही भने बेपत्ता थिए। त्यसबेला व्यापक खोजी गरिए पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको थिएन।अहिले फेला परेका पाँच शव तिनै बेपत्ता विदेशी आरोहीका हुन सक्ने प्रहरीको अनुमान छ। तर शवको औपचारिक पहिचान तथा आवश्यक परीक्षणपछि मात्रै वास्तविकता पुष्टि हुने प्रहरीले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल भइरहेकाले शव उद्धारमा चुनौती देखिएको छ। मौसम अनुकूल हुनासाथ पाँचै शवलाई आधार शिविरबाट उद्धार गर्ने तयारी गरिएको छ।महिनौँसम्म हिउँ र बरफमुनि हराएका आरोहीका शव हिउँ पग्लिएपछि बाहिर देखिनुले हिमाली क्षेत्रमा हुने आरोहणका जोखिमलाई फेरि उजागर गरेको छ। हिमपहिरो, अत्यधिक चिसो, खराब मौसम र कठिन भौगोलिक अवस्थाका कारण उच्च हिमाली क्षेत्रमा उद्धार तथा शव खोजी कार्य निकै चुनौतीपूर्ण हुने गरेको छ।
