तिहारमा फूलको व्यापारले१३ करोड ५० लाख भन्दा बढी कारोबार गर्ने अनुमान

Spread the love

आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले यसपालि तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ४५ हजार सङ्ख्यामा माला खपत हुने अनुुमान गरिएको बताए। फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारमा सयपत्री मालाको खपत धेरै हुने हुँदा माला आयात गर्नु परेको उनले बताए।
तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपैयाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने फ्यानले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट नौ करोड ९८ लाख रुपैयाँ, मखमली फूलको मालाबाट एक करोड ४२ लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको थियो ।