माफियाविरुद्धको लडाइँ सहज हुँदैन सत्यकै जित-शिक्षामन्त्रि सस्मित पोखरेल

Spread the love

गोविन्द केसी बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट २४औँ अनिश्चितकालीन सत्याग्रह सुरु गर्ने तयारीमा छन्। सरकारले विगतका सहमति कार्यान्वयन नगरेको र आफ्ना माग बेवास्ता गरेको आरोप लगाउँदै उनले पुनः अनशनमा बस्न लागेको बताएका छन्।डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै लेखेको फेसबुक पोस्ट अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ। यो चर्चा डा. केसीले फेरि अनिश्चितकालीन अनशन सुरु गर्ने घोषणा गरेसँगै चुलिएको हो।

यसपटक डा. केसीले चिकित्सा शिक्षा आयोग र शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएको नियुक्ति खारेज, निजी मेडिकल कलेजमा छात्रवृत्ति कटौती र मापदण्ड नपुगेका कलेजमा सिट वृद्धि रोक्नुपर्ने लगायतका माग अघि सारेका छन्। साथै, विगतमा सरकारसँग भएका सबै सहमति कार्यान्वयन गर्न पनि उनले माग गरेका छन्। यसैबीच, सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले “हिजो डा. केसीको आन्दोलनको समर्थन गरेका सस्मित पोखरेल अहिले शिक्षामन्त्री छन्, अब सरकारले डा. केसीका मागलाई कसरी सम्बोधन गर्छ?” भन्ने प्रश्न उठाइरहेका छन्।यद्यपि, शिक्षामन्त्री पोखरेलले आफ्नो २०१८ को पोस्ट वा डा. केसीको नयाँ सत्याग्रहबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।