मतदान गर्न भन्दा म्यादी प्रहरी भर्नामा युवाहरूको उल्लेख्य चासो

Spread the love

सबिना प्रजा

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेसँगै युवाहरू फारम भर्न उत्साहित देखिएका छन्। भर्ना प्रक्रिया सुरु भएसँगै शुक्रबार भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा फारम भर्न युवाहरूको लामो लाइन लागेको थियो।यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। निर्वाचन सुरक्षामा खटिने उद्देश्यले म्यादी प्रहरीमा भर्ना हुन चाहनेले शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ।काठमाडौँ उपत्यकाभित्रका तीनवटा जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीको दरखास्त फारम लिन र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू म्यादी प्रहरीमा भर्ना हुन पाउने छन्। भर्ना प्रक्रियाअन्तर्गत माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिने जानकारी प्रहरीले दिएको छ।निर्वाचन नजिकिँदै गर्दा म्यादी प्रहरी भर्नामा युवाहरूको उल्लेख्य चासो देखिएको छ, जसले निर्वाचन सुरक्षाको तयारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।