महेन्द्रचोक उपशाखा चितवनको ४० औ बार्षिक साधरणसभा सम्पन्न
पुर्णचनद्र चापागाई
नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उप्शाखाको ४० औं वार्षिक उपशाखा सभा उपशाखा का सभापति जीवन के सी को अध्यक्षता र भरतपुर महानगरपालिका वडा नं . १५ का वडा अध्यक्ष श्री श्रीकृष्ण देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न ।
सम्पन्न भएको छ । सभापति जीवन के सी ले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र भावि कार्ययोजना तथा कोशाध्यक्ष हरि बहादुर बि क ले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन अनुमोदन गर्दै सम्पन्न भएको सो साधारणसभामा स्वागत मन्तब्य उपसभापति भगवती अधिकारीले राख्नुभएको थियो

भने कार्यक्रम सहजिकरण उपसचिव प्रकाश रेग्मीले गर्नुभएको थियो । सभापतिले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उपशाखाले आफ्नै पहलमा नेपाल सरकारका तिनै तहको सहयोगमा र रेडक्रसप्रेमी ब्यक्तित्वहरूको सहयोग तथा समर्थनमा उक्त भवन बनाइरहेको कुरा सहित दुखमा परेका रोगी पिडित असहाय ब्यक्तिहरूलाई सक्दो सहयोग पुर्यौदै आएको कुरा समेत राख्नु भएको थियो ।


प्रमुख अतिथि , विशिष्ट अतिथिहरु , अतिथिहरु , यसस्कर , बिशिस्ट तथा आजिवन सदस्यहरू , सल्लाहकार समिति , पुर्व पदाधिकारीहरू , विभिन्न उपसमितिहरू , सम्पूर्ण रेडक्रसकर्मीहरू लगायत उपस्थित हुनुहुने सबै प्रती अध्यक्ष जिवन के सी ले आभार एव कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
