भानु देउवा तानासाह बन्दै

Spread the love

नेपाली कांग्रेसको विशेष महाधिवेशनको निम्तो दिन पुगेको टोलीलाई भेट दिएका छैनन् । शनिबार कांग्रेसको विशेष महाधिवेशनको अतिथि सत्कार समिति संयोजक राम पल्टन साह आफैँ चिट्ठी लिएर देउवानिवास गएका थिए । तर, उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले भेट दिएनन् । देउवाका स्वकीय भानु देउवाले निमन्त्रणपत्र पढेर साहको खल्तीमा राखिदिएका थिए । सभापतिज्यूलाई आधा घन्टा पर्खियौँ । भानु देउवा आउनुभयो । पत्र पढेर मेरै खल्तीमा हालिदिनुभयो । जानुस्, तपाईंलाई लाज लाग्दैन ? भन्नुभयो,’ साहले भने । सोही टोली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पनि पुगेको थियो । खड्काको निवास गोल्फुटारमा भने राम्रो व्यवहार गरिएको साहले बताए । खड्काको निवासमा पत्र बुझेर सचिवालयका कर्मचारीले आफ्नो नाम र नम्बरसमेत टिपेको उनले बताए ।