रास्वपा र उज्यालो नेपालबीच पद बाँडफाँटमा विवाद सहकार्यको सम्भावना अन्त्य

Spread the love

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्यको सम्भावना अन्त्य भएको छ। उज्यालो नेपाल पार्टीले संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाको विषयमा रास्वपा थप प्रस्ट हुनु पर्ने अडान लिएपछि दुई सतापछि नै यी दुई पार्टीबीचको एकता टुटेको हो।

रास्वपा र उज्यालो नेपालबीच पद बाँडफाँटमा पनि विवाद सिर्जना भएको छ। रास्वपाको पदाधिकारी टिममा सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी कुलमान घिसिङलाई वरिष्ठ उपसभापति दिने सहमति भएको थियो। तर पछि बालेन्द्र शाहलाई वरिष्ठ नेताका रुपमा दोस्रो वरीयता दिएर घिसिङलाई तेस्रो स्थान दिइएको थियो। जसमा उज्यालो नेपालले असहमति जनाएको छ।