युवाहरूले बेरोजगारी सीमित अवसर आर्थिक दबाबबारे सरकारको आलोचना

Spread the love

प्रवेश परीक्षामा प्रश्नपत्र चुहावटका घटनापछि बढेको असन्तुष्टिका बीच सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरेपछि विवाद चुलिएको थियो। त्यसपछि बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजित दिपकेले ‘कक्रोच पिपुल्स पार्टी (सीजेपी)’ गठन गरेका थिए।सामाजिक सञ्जालबाट सुरु भएको व्यङ्ग्यात्मक ‘कक्रोच’ अभियान भारतमा व्यापक युवा आन्दोलनका रूपमा विकसित भएको छ। शिक्षा प्रणालीका कमजोरीविरुद्ध सुरु भएको यो अभियान अहिले सरकारी जवाफदेहितासँग जोडिएको ठूलो बहसमा परिणत भएको छ।

सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिएको अभियानमा युवाहरूले बेरोजगारी, सीमित अवसर र आर्थिक दबाबबारे सरकारको आलोचना गर्दै सहभागिता जनाएका छन्। पछि आन्दोलन सडकमा पनि विस्तार हुँदै नयाँ दिल्लीको जन्तर–मन्तर मुख्य केन्द्र बनेको छ।आन्दोलनकारीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणाली सुधार र प्रभावित विद्यार्थीलाई क्षतिपूर्तिको माग गरेका छन्। पछिल्लो समय आन्दोलन शिक्षा क्षेत्रभन्दा बाहिर फैलिँदै सरकारी जवाफदेहिता, न्यायपालिका र राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउने दिशामा गएको छ।