गुणस्तरीय उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन उद्यमीहरू सफल

Spread the love

नेपाली अचार इटाली, अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देशहरूमा निर्यात हुँदै आएको छ। विदेशमा नेपाली स्वादप्रतिको आकर्षण बढ्दै जाँदा अचारको निर्यात पनि उल्लेखनीय रूपमा विस्तार भइरहेको छ।घर–घरमा परम्परागत रूपमा बनाइने अचार अब अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय बन्दै गएको छ। गत एक वर्षमा नेपालबाट २१ करोड १६ लाख रुपैयाँभन्दा बढी मूल्यको अचार विभिन्न देशमा निर्यात भएको छ।

विशेषगरी नेपाली महिला उद्यमीहरूले सानो लगानीबाट सुरु गरेको अचार व्यवसाय आज सफल घरेलु उद्योगका रूपमा स्थापित हुँदै गएको छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै कृषिजन्य उत्पादनको मूल्य अभिवृद्धि गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

परम्परागत नेपाली स्वादलाई आधुनिक प्याकेजिङ र गुणस्तरीय उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सफल उद्यमीहरूले ‘मेड इन नेपाल’ उत्पादनको पहिचान विश्व बजारमा स्थापित गरिरहेका छन्।नेपाली अचारको बढ्दो निर्यातले घरेलु उद्योग, महिला उद्यमशीलता र स्थानीय अर्थतन्त्रलाई नयाँ ऊर्जा दिएको सरोकारवालाहरूको भनाइ छ।विश्व बजारमा नेपाली स्वाद र उत्पादनलाई नयाँ उचाइमा पुर्‍याउने सबै उद्यमीहरूलाई हार्दिक बधाई! 🇳🇵