बिगो कानुनबमोजिम सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर
प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सहभागी कम्पनीसँग सम्बन्धित पक्षबाट अधिकारीले श्रीमतीको नाममा ललितपुरमा १३ आना जग्गा खरिद गरी १ करोड ७१ लाख रुपैयाँ बराबरको घुस लिएको अनुसन्धानबाट खुलेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा अख्तियारले उक्त प्रकरणमा गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेमप्रकाश ढकाललाई पनि प्रतिवादी बनाएको छ।
आयोगले उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत कसूर गरेको ठहर गर्दै १ करोड ७१ लाख रुपैयाँ बिगो तथा कानुनबमोजिम सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।अब यस प्रकरणमा विशेष अदालतले प्रमाण र कानुनी प्रक्रिया अनुसार अन्तिम निर्णय गर्नेछ।
