सबै प्रकारका सवारीसाधन सञ्चालनमा राेक

Spread the love

रातिको यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै अर्को सूचना जारी नभएसम्म आवागमन रोकिएको प्रशासनले जनाएको छ। राति १० बजेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द गरेको छ। धादिङलगायत आसपासका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकलाई सुरक्षित रहन आग्रह गरिएको छ।

कुनै आपतकालीन अवस्था वा समन्वय आवश्यक परे नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४), जिल्ला आपतकालीन सञ्चालन केन्द्र (१२३४) तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।