कारागारभित्रको आन्तरिक बिवाद असन्तुष्ट पक्षले आत्मदाहको प्रयास

Spread the love

कारागारभित्रको आन्तरिक विवाद चर्किएपछि उनीहरूले यस्तो प्रयास गरेको कारागार प्रशासनले जनाएको छ।कारागार प्रमुख रुपक मण्डलका अनुसार कैदीबन्दीहरूबीच पछिल्ला दुई–तीन दिनदेखि आन्तरिक विवाद भइरहेको थियो। सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले बताए। हाल विवाद समाधानका लागि आन्तरिक छलफल भइरहेको र सहमति नजिक पुगेको उनको भनाइ छ। यद्यपि विवादको वास्तविक कारण भने उनले खुलाएनन्।सप्तरीको राजविराज कारागारमा शनिबार बिहान पाँच जना कैदीबन्दीले मटितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्। कारागारभित्रको आन्तरिक विवाद चर्किएपछि उनीहरूले यस्तो प्रयास गरेको कारागार प्रशासनले जनाएको छ।

आत्मदाहको प्रयासलगत्तै कारागारभित्रै चिकित्सक र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति नभएको मण्डलले जानकारी दिए।सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार चौकीदारमाथि सामान्य कुटपिटको घटनापछि विवाद उत्पन्न भएको थियो। उनले कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको बताए।प्रमुख जिल्ला अधिकारी थापाका अनुसार प्रहरी कारागारभित्र प्रवेश गर्न खोज्दा केही कैदीबन्दीले मटितेल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।