कृषि क्षेत्रमा देखिएको विचौलिया न्यूनीकरण गर्न कृषि विधेयक ल्याईने-मन्त्रि गिता चौधरी
सबिना प्रजा
सडकमा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी ले मन्त्रालयमै भेटवाार्ता गरेकि छन् । किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सरकारले बजार अनुगमनलाई कडाइका साथ अघि बढाएको बताइन्। साथै, कृषि क्षेत्रमा देखिएको विचौलियाको प्रभाव न्यूनीकरण गर्न कृषि विधेयक अघि बढाइएको उल्लेख गर्दै नयाँ कृषि ऐन लागू भएपछि यो समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त गरिन्।
उनले किसानलाई आफ्नै क्षेत्रका हाटबजारमार्फत उत्पादन बिक्री गर्न प्रोत्साहन दिँदै सबै कृषि उपज बिक्रीका लागि कालीमाटी बजार मै आउनुपर्ने बाध्यता नरहने वातावरण बनाउन सरकार लागिपरेको धारणा राखिन्।सडकमा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी ले मन्त्रालयमै भेटवार्ता गरेकी छन्। छलफलका क्रममा उनले किसानले उठाएका समस्या र मागबारे विस्तृत रूपमा जानकारी लिँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्
छलफलका क्रममा मन्त्री चौधरीले किसानका समस्या प्रत्यक्ष रूपमा बुझ्न आफू आवश्यक परे खेतसम्म पुग्न तयार रहेको बताइन्। आन्दोलनभन्दा संवाद र सहजीकरणमार्फत समाधान खोज्न आग्रह गर्दै उनले रासायनिक मलको सहज उपलब्धताका लागि पनि मन्त्रालयले अनुगमन तीव्र बनाएको जानकारी दिइन्।मन्त्रालयका अनुसार किसानका गुनासालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायसँग समन्वय गरेर व्यावहारिक समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आफू पनि किसान परिवारबाट आएको उल्लेख गर्दै मन्त्री चौधरीले किसानले भोग्दै आएका कठिनाइ र संघर्षलाई नजिकबाट बुझेको बताइन्। उनले किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सदैव सकारात्मक र जिम्मेवार रहने प्रतिबद्धता दोहोर्याइन्।सरकार कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो।
