दुई वर्ष कैद २० हजार रुपैयाँ जरिबाना

Spread the love

सजाय निर्धारणका लागि भएको सुनुवाइपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोक्दै एकीकृत रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना निर्धारण गरेको हो।नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ ।

अदालतले ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना, तथा राज्यविरुद्धको कसुरमा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकेको छ। त्यसबाहेक थप तीन महिना कैद पनि निर्धारण गरिएको छ।कानुनी व्यवस्थाअनुसार सबै सजायलाई एकीकृत गर्दै अदालतले अन्तिम रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना कायम गरेको हो।यसअघि असार २४ गते सोही इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए। त्यसै फैसलाअनुसार मंगलबार दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण गरिएको हो।