विद्युत् कार्यालयको भ्यान दुर्घटना २ जनाको मृत्यु १जना घाईते
प्रहरीका अनुसार बा १ ञ १६५१ नम्बरको भ्यान गएराति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गर्दा आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत् कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा भ्यान चालक धरान–१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका धरान–२० निवासी ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
