सरकारि सेवाबाट बाहिरिने संख्या वृद्धि निजामती ऐन ल्याउने तयारीअवकाश उमेर पेन्सन व्यवस्थामा परिवर्तन कर्मचारीहरूमा चिन्ता
राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार पछिल्लो समय सरकारी सेवाबाट बाहिरिने कर्मचारीको संख्या उल्लेख्य रूपमा बढेको हो।यो वृद्धि सरकारले नयाँ निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेका बेला देखिएको हो। प्रस्तावित ऐनमा अवकाश उमेर र पेन्सन व्यवस्थामा परिवर्तन हुने चर्चा भएपछि कर्मचारीहरूमा चिन्ता बढेको बताइएको छ।वर्तमान सरकार गठन भएको तीन महिनाको अवधिमा ५८४ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्।
प्रस्तावित व्यवस्थाअनुसार पेन्सन गणना अधिकतम ३० वर्षको सेवाअवधिमा सीमित गर्ने तथा अनिवार्य अवकाशको उमेर ५५ वर्ष कायम गर्ने विषय समावेश हुन सक्ने चर्चा छ। यही सम्भावित परिवर्तनका कारण धेरै कर्मचारीले भविष्यका सेवा–सुविधा प्रभावित हुन सक्ने आशंकामा समयमै राजीनामा दिएको विश्लेषण गरिएको छ।यद्यपि, प्रस्तावित निजामती सेवा ऐन अझै अन्तिम रूपमै पुगिसकेको छैन। सरकारले ऐनका प्रावधानबारे आवश्यक छलफल र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम निर्णय हुने जनाइएको छ।
