कतारमा के गर्दैछन खगेन्द्रप्रसाद र रुद्रकली के सुरक्षित हाेला त ?
नेपालबाट कतार लगिएका २ हात्ती खगेन्द्रप्रसाद र रुद्रकली अहिले कतारको अलखोर पार्कस्थित चिडियाघरमा राखिएका छन्।चितवनको हात्तीसारमा जन्मिएका यी दुई हात्ती सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी बुधबार साँझ कतार पुर्याइएका हुन्। ७ वर्षीया रुद्रकली सन् २०१८ मा र ६ वर्षे खगेन्द्रप्रसाद सन् २०१९ मा खोरसोर प्रजनन केन्द्रमा जन्मिएका थिए।
चिडियाघरमा रुद्रकलीलाई माउते बुद्धिलाल श्रेष्ठले तलाउमा नुहाइरहेका छन् भने खगेन्द्रप्रसादलाई माउते पाचुखा थारुले सिँगारिरहेका दृश्यले पर्यटकको ध्यान तानेको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको २०८१ वैशाख ११–१२ को नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती उपहार दिने निर्णय अनुसार यी हात्ती कतार पुगेका हुन्।
