तीनवटा विषयमा जवाफ देला त पार्टी अध्यक्ष केपी शर्मा ले ?
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग महासचिवको टिकट मागेका तर नपाएका एमाले नेता प्रदीप ज्ञवालीले तीनवटा विषयमा जवाफ चाहिने बताएका छन् । उनले ओलीसँग लिगेसी, निरन्तरता र स्वीकार्यताको हिसाबले आफू महासचिवको दाबेदार रहेको उल्लेख गरेका थिए ।आफूलाई यी तीन कुराको जवाफ चाहिने भन्दै ज्ञवालीले ओलीसँग चर्को असन्तुष्टि जनाएको स्रोतले उल्लेख गरेको छ ।ओलीले ज्ञवालीलाई उपाध्यक्ष दिएर महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउन खोजेका थिए । तर ज्ञवाली उपाध्यक्षमा बस्न चाहेनन् । उनले कुनै पनि पदमा उम्मेदवारी दर्ता गराएका छैनन् ।
