फुटेको हाँडी जोड्ने कथ्य लालसा युक्त राग असफलता छोप्ने चटाराे -गोकुल बाँस्कोटा
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद, सडक र आगामी निर्वाचनमा सहकार्य हुने बताएका केही दिनमै एमाले नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत अर्थपूर्ण टिप्पणी गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै बाँस्कोटाले पटकपटक फुटेको सम्बन्ध फेरि जोड्ने प्रयासलाई संकेत गर्दै नेतृत्वप्रति व्यंग्य गरेका छन्।नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद, सडक र आगामी निर्वाचनमा सहकार्य हुने बताएका केही दिनमै एमाले नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत अर्थपूर्ण टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयंकर खतरा देखाइ नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्ने र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो।”
बाँस्कोटाले सुधार र शक्ति आर्जन गर्न चाहने हो भने सबैभन्दा पहिले आफ्ना कमजोरी स्वीकार्नुपर्ने र आफूभन्दा सक्षम सहकर्मीलाई अघि बढाउन सक्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।उनले अन्त्यमा प्रश्न गरेका छन्, “सुधार र शक्ति आर्जन चाहेको हो भने पहिले फुटाएर गल्ती भयो भनेर आफू स्वीकार्दै सहकर्मीलाई अघि बढ भन्न सक्ने?”बाँस्कोटाको यो टिप्पणी प्रचण्डले एमालेसँग कार्यगत सहकार्य हुने सार्वजनिक अभिव्यक्ति दिएपछि आएको हो। यद्यपि उनले आफ्नो स्टाटसमा कुनै दल वा नेताको नाम भने उल्लेख गरेका छैनन्।
