कम्युनिस्ट शक्तिहरूबीच एकता परम्परागत वैकल्पिक नेतृत्वको एकीकृत गर्न सहज पुग्न सक्ने

Spread the love

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट शक्तिहरूबीच एकताको आवश्यकता औँल्याउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित सबै वाम शक्तिलाई सहकार्यका लागि आह्वान गरेका छन्।पछिल्लो समय नयाँ राजनीतिक शक्तिहरू र वैकल्पिक नेतृत्वको प्रभाव बढिरहेका बेला केपि शर्मा यो अभिव्यक्तिलाई आगामी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। विशेषगरी बालेन शाह र रवि लामिछानेको बढ्दो लोकप्रियताका बीच आएको ओलीको सन्देशले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कम्युनिस्ट शक्तिहरूबीच एकता भए परम्परागत वाम मतलाई एकीकृत गर्न सहज हुन सक्छ। तर त्यसले बालेन शाह वा रवि लामिछानेको लोकप्रियतालाई कति प्रभाव पार्छ भन्ने विषय आगामी राजनीतिक परिस्थिति, जनमत र चुनावी समीकरणमा निर्भर रहनेछ।ओलीको पछिल्लो आह्वानलाई कतिपयले वाम एकताको प्रयासका रूपमा हेरेका छन् भने कतिपयले नयाँ राजनीतिक शक्तिको प्रभावलाई सामना गर्ने रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन्।