उडान ढिलाइ रद्द सामान हराउने क्षति हुने कार्गो नोक्सानी तथा बीमा नियम कडा दुर्घटना यात्रुको मृत्यु भएमा १ लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था

Spread the love

नेपाल सरकारले लामो समयदेखि रोकिएको नागरिक उड्डयनसम्बन्धी नयाँ विधेयक अघि बढाएको छ। प्रस्तावित कानुन पारित भए हवाई यात्रुको अधिकार र एयरलाइन्सको जिम्मेवारीमा ठूलो परिवर्तन आउनेछ।

नयाँ व्यवस्थाअनुसार हवाई दुर्घटनामा यात्रुको मृत्यु वा गम्भीर घाइते भए हालको २० हजार अमेरिकी डलरको सट्टा अधिकतम १ लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिनेछ।

त्यसैगरी, उडान ढिलाइ, रद्द, सामान हराउने वा क्षति हुने, कार्गो नोक्सानी तथा बीमासम्बन्धी नियम पनि कडा बनाइने प्रस्ताव गरिएको छ। यात्रुहरूलाई उडान अवरोधका बेला थप सुविधा उपलब्ध गराउने र क्षतिपूर्ति रकम प्रत्येक १० वर्षमा पुनरावलोकन गर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ।विधेयक पारित भए नेपालमा हवाई यात्रुको सुरक्षा र अधिकार अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप मजबुत हुने अपेक्षा गरिएको छ।