इरानको सार्वभौमिकता र नागरिक सुरक्षामाथिको योजनाबद्ध हमला

Spread the love

आईआरजीसीले कुवेतस्थित सैन्य अड्डालाई निशाना बनाइएको दाबी गर्दै यदि अमेरिकी सैन्य गतिविधि जारी रहे वार्ता प्रक्रिया पूर्ण रूपमा रोकिन सक्ने चेतावनी दिएको छ।यसैबीच, स्ट्रेट अफ होर्मुज क्षेत्रमा समुद्री सुरक्षा विस्तार गर्ने निर्णयले क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ। केन्द्रीय कमाण्ड (सेन्टकम)ले आइतबार बिहान इरानका निगरानी प्रणाली, सञ्चार संरचना, हवाई प्रतिरक्षा, ड्रोन भण्डारण केन्द्र र बारुदसम्बन्धी पूर्वाधारमाथि हवाई आ’क्र’मण गरेको थियो।अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप इरानको रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले कुवेत र बहराइनलाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आ’क्र’मण गरेको जनाएको छ ।

यसको जवाफमा इरानले कुवेततर्फ प्रहार गरेको भए पनि कुवेती सेनाले आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत ती ड्रोन र मिसाइल खसालेको जनाएको छ। क्षतिको विवरण सार्वजनिक गरिएको छैन।बहराइनले उक्त आ’क्र’मणलाई सार्वभौमिकता र नागरिक सुरक्षामाथिको योजनाबद्ध हमला भन्दै कडा निन्दा गरेके छ ।ड