जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कृष्ण केसी प्रतिष्ठानको आयाेजनामा जिल्ला स्तरीय अन्तर मा. वि. कृष्ण के सी स्मृति हाजिरी जवाफ कार्यक्रम प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिदुर के सीकाे अध्यक्षता र भरतपुर महानगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजेन्द्र साँखिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कुल १९ टिमकाे सहभागीता रहेकाे साे हाजिरी जवाफमा प्रतियोगितामा जनप्रिय पब्लिक स्कुल शारदानगर प्रथम , पारिजात आवासीय मा.वि. चाेकबजार द्वितीय , अर्किड स्कुल , भरतपुर तृतीय तथा मिलन सेकेण्डरि ई. बाेर्डिङ्ग स्कुल शुक्रनगरले सान्त्वना स्थान हासिल गरेका थिए ।

भरतपुर -१४ स्थित श्री शक्ति आधारभुत बिद्यालय राधापुरकाे प्राङ्गणमा सम्पन्न गरिएको साे प्रतियोगितामा विजयी बिद्यालय र बिद्यार्थीहरुलाई प्रमाणपत्र , मेडल र ट्रफि प्रदान गरिएको प्रतिष्ठानका महासचिव जीवन के सीले जानकारी गराउनुभयाे ।




