भ्रष्टाचारविरुद्ध कडा सन्देश समर्थकद्वारा राजनीतिक वृत्तमा चर्चा
कार्यकर्तालाई सम्बोधन गर्दै हर्क सम्पाङले ‘५ लाखको बजेट ल्याएर २ लाख गोजीमा हाल्ने र ३ लाखको मात्र काम गर्ने सोच कसैले नराख्नू’ भन्दै भ्रष्ट मानसिकता बोकेर पार्टीमा बस्न नपाइने स्पष्ट पारे।श्रम संस्कृतिका सांसद हर्क साम्पाङले आफ्नो पार्टीमा व्यक्तिगत लाभ र कमाइको उद्देश्य लिएर आउनेहरूलाई कडा सन्देश दिएका छन्।
उनले पार्टीको उद्देश्य पैसा कमाउने नभई जनताको सेवा र समाज परिवर्तन रहेको बताउँदै आर्थिक लाभका लागि राजनीति गर्न खोज्नेहरूलाई ‘निस्केर गइहाल्नुस्’ भन्दै खुला चुनौती दिए।
हर्क साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। भ्रष्टाचारविरुद्ध उनको कडा सन्देशलाई समर्थकहरूले स्वागत गरेका छन् भने राजनीतिक वृत्तमा पनि यसको चर्चा चुलिएको छ।
