नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाले रक्त्तदान कार्यक्रम गर्ने
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उप शाखाको २६ औं वार्षिक साधारणसभाको अवसरमा २०७९ माघ ७ गते शनिवारका दिन बृहत तथा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । संस्थाका सचिव नेत्र नारायण आचार्यका अनुसार २६ औं साधारणसभाको सन्दर्भमा बृहत रक्तदान कार्यक्रम राखिएको हो । त्यसैगरी माघ ८ र ९ गते भरतपुर महानगरपालिका वडा नम्बर ५ का सामूदायिक तथा नीजि बिद्यालयहरुका जुनियर रेडक्रस सर्कलका लागि विद्यालय स्तरीय फस्ट एड तालिम संस्थाकै भवनमा राखिएको छ भने कही अगाडि मात्र यसै संस्थाको आयोजनामा वडाभित्रका सबै टोल बिकास संस्थाहरुबाट तीन तीन जना प्रतिनिधित्व हुने गरेर ७५ जनाको लागि मनो सामाजिक परामर्श तालिम आयोजना गरिएको थियो त्यसको लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले गरेको थियो भने आयोजना नारायणपुर उप शाखाले गरेको थियो । यस नारायणपुर उप शाखामा जम्मा ४१५ सदस्य मध्ये ४०६ जना आजिवन सदस्य, ८ जना विशिष्ठ सदस्य र १ जना यसस्कर सदस्य रहेका छन् । विश्व रेडक्रसको नियम र परिधिभित्र रही नेपाल रेडक्रस सोसाइटीले नेपालका सबै जिल्लाहरुमा आफ्ना शाखा उप शाखा, प्रशाखाहरु समेत खोली दुःखमा परेका, प्राकृतिक विपत्तिमा परेका वा जुनसुकै सहयोगापेक्षीहरुका लागि हरतरहका सहयोग गर्दै आएको कुरा सम्पूर्ण देशबासीहरुमा विदितै छ । रक्तदान जीवनदान भन्ने मूल अभिव्यक्तिलाई परिपूर्ति गर्न चितवन जस्तो दैनिक जनघनत्व बृद्धि हुदै आएको र देशकै केन्द्र बिन्दुमा रहेको तथा स्वास्थ्य क्षेत्रको हबको रुपमा विकसित चितवनमा चितवन वरिपरिका जिल्लाहरु चितवनको स्वास्थ्य सुविधामा आधारित रहेका र क्यान्सर अस्पताल लगायतका मेडिकल कलेजहरु समेत रहेको स्वास्थ्यमा प्रचुर सम्भावना रहेको क्षेत्र भएको हुँदा ७७ जिल्लाकै जनसमुदायको स्वास्थ्यको आशा रहेको जिल्ला भनेर चितवनलाई लिइने गर्छ त्यति मात्र नभई छिमेकी देश भारतका छिमेकी भू भागहरुबाट चितवनमा स्वास्थ्य सुविधा लिन आएको पाईन्छ त्यसकारण पनि रगतको मात्रा बेलाबेलामा पूरा गर्न हम्मेहम्मे पर्ने हुदा रेडक्रस लगायत विभिन्न संघ सस्थाहरुले आ आफ्नो तर्फबाट रक्तदान मार्फत रगतको माग पूरा गराउने महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।त्यसै शिलशिलामा यस नारायणपुर उप शाखाले पनि आफ्नो तर्फको उत्तरदायित्व वहन गरी बेलाबेलामा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
