सहकारी पीडितका लागि आशाको किरण बचतकर्ताले आफ्नो रकम फिर्ता प्रकृया अघि बढाउदै

Spread the love

समस्याग्रस्त सहकारीबाट उठाइएको ऋण असुलीको रकम प्रयोग गरेर बचत फिर्ता प्रक्रिया सुरु गरिएको हो। लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका तुलसी सहकारीका बचतकर्ताका लागि राहतको खबर आएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो चरणमा १५८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको बताइएको छ।

सरकारले यो प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढाइने जनाएको छ। बचत रकमको आकारका आधारमा बचतकर्तालाई वर्गीकरण गरी आगामी चरणमा थप रकम फिर्ता गरिनेछ।वर्षौंदेखि बचत फसेर चिन्तामा रहेका सहकारी पीडितका लागि यो कदम आशाको किरण बनेको छ भने बाँकी बचतकर्ताले पनि आफ्नो रकम कहिले फिर्ता पाउने हुन् भन्ने चासो बढेको छ।