पोर्चुगल कोलम्बिया भिड्दै विजेताको हैसियत कायम राख्न उत्कृष्ट प्रदर्शन
आज दुई बलिया टोली पोर्चुगल र कोलम्बिया भिड्दैछन्। मियामीमा हुने यो खेललाई समूह चरणकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक मानिएको छ। दुई खेल जित्दै कोलम्बियाले यसअघि नै अन्तिम ३२ मा स्थान पोर्चुगल र कोलम्बिया भिड्दैछन्। मियामीमा हुने यो खेललाई समूह चरणकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक गरिसकेको छ। तर समूह विजेताको हैसियत कायम राख्न उसलाई पोर्चुगलविरुद्ध पनि उत्कृष्ट प्रदर्शन आवश्यक छ।
उता पोर्चुगल भने प्रतियोगिताकै प्रभावशाली टोलीमध्ये एक मानिएको कोलम्बियालाई हराउँदै आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छ। यस खेलको नतिजाले नकआउट चरणमा दुवै टोलीको यात्रा र सम्भावित प्रतिद्वन्द्वी निर्धारण गर्ने भएकाले दबाब र महत्व झन् बढेको छ।
समूहको शीर्ष स्थानका लागि हुने यो ‘हाई–भोल्टेज’ भिडन्तमा कसले बाजी मार्ला भन्ने प्रतीक्षामा विश्वभरका फुटबल समर्थक छन्।
