नागरिक संवाद कार्यक्रम सम्पन्न

Spread the love


११ बैशाख , भरतपुर

पुर्ण चन्द चापागाई

२० औँ लोकतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले “सद्भाव प्रवद्र्धन,विधिको शासन र लोकतन्त्रको संरक्षण “ विषयक नागरिक सम्वाद कार्यक्रम भरतपुरकाे चाैविसकाेठिमा सम्पन्न भएको छ ।

शान्ति समाज चितवन शाखाका सभापति पुर्णचन्द्र चापागाईंकाे अध्यक्षतामा सम्पन्न नागरिक संवाद कार्यक्रमकाे सहजिकरण उपसभापति जीवन के सी ले गर्नुभएको थियो भने साे नागरिक संवाद कार्यक्रममा संस्थापक केन्द्रीय सदस्य कृष्ण कंडेल , पुर्व केन्द्रीय उपसभापति उद्धव लाेहनि , केन्द्रीय सदस्य शम्भु राउत , मानवअधिकार संजाल

चितवनका संयाेजक दिपक लामिछाने , महिला अधिकारकर्मि सुस्मिता खाति , पुर्व जिल्ला उपसभापति शिव शर्मा लगायतका अधिकारकर्मि २० औ लाेकतन्त्र दिवसको अवसरमा शुभकामना तथा नागरिक संवादकाे विषयबस्तुमा केन्द्रित रहेर आफ्नो भनाइहरु ब्यक्त गर्नुभएको थियो । शान्ति समाज केन्द्रले तयार गरेको अवधारणा पत्र काेषाध्यक्ष कृति चाैधरिले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तब्य कार्यसमिति सदस्य सुमि गाैतमले राख्नुभएको थियो ।