मिनराज राना मगरकाे गाडी दुर्घटनामा निधन स्वर्गद्वारी नगरपालिका प्यूठान जिल्लाभर शोक

Spread the love

शनिबार साँझ असामयिक निधनसँगै स्वर्गद्वारी नगरपालिका र प्यूठान जिल्लाभर शोक छाएको छ। नगरपालिका–२, बाङ्गेसल्ला क्षेत्रमा मिनराज राना मगरले आफैंले चलाएको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनापछि गाडी सडकबाट भीरमा खसेको अवस्थामा फेला परेको हाे गाडी दुर्घटनाग्रस्त हुँदा उनको घटनास्थलमै मृत्यु भएको उनी दुर्घटनाका बेला गाडीमा एक्लै रहेको बताइएको छ।घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट खाल र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उद्धारका क्रममा उपप्रमुख मगरको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।उपप्रमुख मगरको असामयिक निधनसँगै स्वर्गद्वारी नगरपालिका र प्यूठान जिल्लाभर शोक छाएको छ। स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा सर्वसाधारणले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।