रास्वपाको संगठनात्मक संरचना अझै मजबुत हुन बाँकी रहेको संकेत -शंकर पोखरेल
विगतमा रास्वपाले उठाएको ‘नो भोट’ को विषय स्मरण गर्दै उक्त परिणाममाथि व्यंग्य गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको बताएका छन्। उनले रास्वपाको महाधिवेशनबाट आएको चुनावी परिणामप्रति टिप्पणी गरेका हुन्।
पोखरेलले ‘नो भोट’ व्यवस्था भएको भए सीमित उम्मेदवार मात्रै निर्वाचित हुने अवस्था देखिने टिप्पणी गरेका छन्। साथै, उनले रास्वपा व्यक्तिकेन्द्रित दल भएको आरोप लगाउँदै ‘रास्वपा भनेकै रवि’ भन्ने अभिव्यक्ति दिएका छन्।
उनले यस्तो परिणामले रास्वपाको संगठनात्मक संरचना अझै मजबुत हुन बाँकी रहेको संकेत गरेको बताएका छन्।
