कैदीबन्दीलाई उपलब्ध गराउने दैनिक भत्ता, जाडो–गर्मीका पोशाक भत्ता कैदीबन्दीले कमाएको रकमसमेत असुली
विराटनगर–८ मधुमारास्थित उनको निवासबाट अभिषेकगिरीलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक अभिषेक श्रेष्ठ को नेतृत्वमा खटिएको टोलीले गिरीको घर तथा बाहिर पार्किङ गरिएका दुईवटा सवारीसाधनमा समेत खानतलासी गरेको थियो। शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरी स्रोतका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने दैनिक भत्ता, जाडो–गर्मीका लागि दिइने पोशाक भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गरेको आरोप छ।
अभिषेक गिरी लाई जिल्ला कारागार मोरङका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मोरङ कारागारमा १,१९९ कैदीबन्दी रहेका छन्। उनीहरूले पाउने दैनिक भत्ता र श्रमबाट आर्जित रकममध्ये केही रकम गिरीले कारागारका चौकीदार राकेश यादव सँगको मिलेमतोमा लिने गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।अनुसन्धानमा संलग्न प्रहरीका अनुसार कैदीबन्दीको रकम विभिन्न माध्यम हुँदै गिरी वा उनका सहयोगीहरूको खातामा पुगेको हो वा होइन भन्ने विषयमा प्रमाण संकलन भइरहेको छ।
