दुःख दिने तथा साम्प्रदायिक घृणा फैलाउने सामग्री निर्माण प्रसारणमा तीन जनालाई पक्राउ
सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै रुकुम पश्चिममा प्र्याङ्क भिडियोको बहानामा व्यक्तिलाई दुःख दिने तथा साम्प्रदायिक घृणा फैलाउने सामग्री निर्माण र प्रसारणमा संलग्न तीन जनालाई पक्राउ गरिएको जनाएको हो।प्र्याङ्क भिडियो बनाउने नाममा साम्प्रदायिक घृणा फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पुग्ने उद्देश्यका सामग्री उत्पादन तथा प्रसारण गर्ने कार्य कानुनविपरीत हुने भएकाले सम्बन्धित व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पछिल्लो समय सामाजिक सञ्जालमा धेरै दर्शक र प्रतिक्रिया बटुल्ने उद्देश्यले बनाइने तथाकथित प्र्याङ्क भिडियोका कारण विवाद बढ्दै गएको छ। नेपाल प्रहरीले यस्ता सामग्रीले व्यक्ति, समुदाय वा धार्मिक तथा साम्प्रदायिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै जिम्मेवार ढंगले सामग्री निर्माण गर्न सबैलाई आग्रह गरेको छ।
