इलामका चिया समाधानका लागि सरकारले पहल गर्ने

Spread the love

इलामका चिया उद्योगहरू असार २६ गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्। समस्या समाधानका लागि सरकारले पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरूले उत्पादन पुनः सुरु गर्ने निर्णय गरेका हुन्।भारततर्फको निर्यातमा देखिएको अवरोधका कारण रोकिँदा हजारौँ चिया किसान, मजदुर र व्यवसायी प्रत्यक्ष प्रभावित भएका थिए ।

भने नेपाल र भारतका गोदामहरूमा ठूलो परिमाणमा प्रशोधित चिया थन्किएको थियो। लामो अन्योलपछि उद्योग पुनः सञ्चालन हुने खबरले पूर्वी पहाडका चिया किसानमा राहत र उत्साह थपिएको छ।चिया क्षेत्र संकटबाट बाहिरिने संकेत देखिएसँगै अब थन्किएको चिया बजारसम्म पुग्ने र किसानको आम्दानी पुनः चलायमान हुने अपेक्षा गरिएको छ।