अजेय सुमार्गीको पासपोर्ट रोक्का अनुसन्धान गरिरहेका बेला विदेश जान नपाउने

Spread the love

सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले अनुसन्धान गरिरहेकाे बेला अध्यागमन विभागलाई पत्राचार गर्दै अजेय सुमार्गीको पासपोर्ट रोक्का गर्न निर्देशन दिएको हो।सम्पत्ति शुद्धीकरण अनुसन्धान स्रोतका अनुसार अनुसन्धान जारी रहेका कारण सुमार्गी विदेश जान नपाउने उद्देश्यले उक्त कदम चालिएको हो।

सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा नेपालमा रकम भित्र्याएको आरोप लाग्दै आएको छ। उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्र्याएको वैदेशिक लगानीसम्बन्धी विवाद यसअघि सर्वोच्च अदालतसम्म पुगेको थियो।सर्वोच्च अदालतले प्रारम्भमा रकम नरोक्न अन्तरिम आदेश दिए पनि त्यसले पछि निरन्तरता पाउन सकेन। करिब एक दशक पुराना उजुरीमाथि पुनः अनुसन्धान अघि बढेपछि पासपोर्ट रोक्का गरिएको जनाइएको छ।