खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने खेलाडी सर्वाधिक गोलकर्ताको दौडमा

Spread the love

विश्वकप फुटबलको समूह फ्रान्स र उदाउँदो शक्ति नर्वेबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ। समूह ‘आई’ को शीर्ष स्थान निर्धारण गर्ने यो खेललाई समूह चरणकै सबैभन्दा आकर्षक र रोमाञ्चक खेलका रूपमा हेरिएको छ।दुवै टोलीले आफ्ना पहिलो दुई खेलमा सेनेगल र इराकलाई पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन्। अब आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। फ्रान्सलाई शीर्ष स्थान कायम राख्न बराबरी नै पर्याप्त हुनेछ भने नर्वे स्पष्ट जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।खेलको सबैभन्दा ठूलो आकर्षण फ्रान्सका कप्तान किलियन एम्बाप्पे र नर्वेका गोल मेसिन एर्लिङ हालान्डबीचको प्रतिस्पर्धा हुनेछ। दुवै खेलाडी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको दौडमा छन् भने अर्जेन्टिनाका लियोनल मेसी हाल अग्रस्थानमा रहेका छन्।

सेनेगलविरुद्ध दुई गोल गरेका हालान्डले फ्रान्ससँगको खेलअघि दिएको प्रतिक्रिया पनि चर्चामा छ। उनले फ्रान्सलाई प्रतियोगिताको प्रमुख दाबेदार मान्दै “फ्रान्सले सम्भवतः हामीलाई हराउनेछ र सम्भवतः उनीहरूले पूरा प्रतियोगिता पनि जित्नेछन्” भनेका थिए। यद्यपि नर्वेको आक्रामक प्रदर्शनले फ्रान्सलाई सहज चुनौती भने नहुने संकेत दिएको छ।फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्स पारिवारिक शोकका कारण टोलीसँग छैनन्। उनकी आमाको निधनपछि उनी स्वदेश फर्किएका छन्। उनको अनुपस्थितिमा सहायक प्रशिक्षक गी स्टेफानले टोलीको नेतृत्व गर्नेछन्। केही खेलाडीलाई विश्राम दिने सम्भावना रहे पनि फ्रान्सको बलियो बेन्चका कारण टोलीको प्रतिस्पर्धात्मक क्षमता कमजोर नहुने अपेक्षा गरिएको छ।

दुई खेलपछि फ्रान्स र नर्वे दुवैको समान ६ अंक भए पनि गोलअन्तरका आधारमा फ्रान्स शीर्ष स्थानमा छ। सेनेगल र इराक अंकविहीन छन्। नयाँ स्वरूपको ४८ टोली सहभागी विश्वकपमा १२ समूहका शीर्ष दुई टोली र उत्कृष्ट आठ तेस्रो स्थानका टोली अन्तिम ३२ मा पुग्ने व्यवस्था छ।इतिहास हेर्दा फ्रान्स र नर्वेबीच १५ पटक प्रतिस्पर्धा भएको छ। फ्रान्सले सात खेल जितेको छ भने नर्वेले चार खेल आफ्नो पक्षमा पारेको छ। चार खेल बराबरीमा सकिएका छन्। दुई टोलीबीचको पछिल्लो भेट सन् २०१४ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ फ्रान्सले ४–० को प्रभावशाली जित निकालेको थियो।