अनुसन्धानको सुर नै भट्टसँग जोडिएका आर्थिक कारोबार र सेयर सम्बन्धी विवाद
सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा आएपछि व्यवसायी दीपक भट्टसँग उनको सम्बन्ध फेरि चर्चाको केन्द्रमा पुगेको छ। अनुसन्धानको सुरुआती आधार नै भट्टसँग जोडिएका आर्थिक कारोबार र सेयर सम्बन्धी विवाद बनेको देखिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८ असारमा सुर्खेतबाट पौडेललाई नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो। एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा आएपछि व्यवसायी दीपक भट्टसँग उनको सम्बन्ध फेरि चर्चाको केन्द्रमा पुगेको छ। अनुसन्धानको सुरुआती आधार नै भट्टसँग जोडिएका आर्थिक कारोबार र सेयर सम्बन्धी विवाद बनेको देखिएको छ। विशेष अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।पौडेल पक्षका कानुन व्यवसायी धर्मराज रेग्मीका अनुसार व्यवसायी कमलकुमार मालपानी र चुन्नुप्रसाद पौडेलले दिएको बयानका आधारमा विष्णु पौडेलको नाम अनुसन्धानमा जोडिएको हो। उनीहरूको भनाइमा श्रीराम टोबाको कम्पनीको सेयर खरिद–बिक्री प्रक्रियामा पौडेलको दबाब रहेको आरोप लगाइएको छ।यद्यपि पौडेल पक्षले भने आफूलाई बिना आधार दीपक भट्टसँग जोडेर अनुसन्धान अघि बढाइएको दाबी गरेको छ।
भट्ट र पौडेलको सम्बन्ध किन चर्चामा?
राजनीतिक वृत्तमा दीपक भट्टको प्रभाव केवल व्यापारिक क्षेत्रसम्म सीमित नभई विभिन्न राजनीतिक निर्णय प्रक्रियासम्म पुगेको चर्चा हुने गरेको छ। विशेषगरी पौडेल अर्थमन्त्री रहेका विभिन्न अवधिमा भट्टसँग निकट सम्बन्ध रहेको आरोप लाग्दै आएको थियो।२०७७ सालमा हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स प्रक्रिया तीव्र गतिमा अघि बढेको घटनादेखि लिएर विभिन्न ठेक्का र नीतिगत निर्णयसम्म भट्टको सक्रियता रहेको चर्चा हुँदै आएको छ। यद्यपि यी निर्णयमा पौडेलको प्रत्यक्ष संलग्नता पुष्टि भइसकेको छैन।
राधा ज्ञवाली प्रकरण फेरि चर्चामा
विष्णु पौडेल पक्राउ प्रकरणसँगै एमालेकी पूर्वनेतृ तथा पूर्वऊर्जामन्त्री राधा ज्ञवालीसँग जोडिएको पुरानो विवाद पनि पुनः चर्चामा आएको छ।सोलु कोरिडोर प्रसारण लाइन निर्माणको ठेक्का विवादका कारण ज्ञवाली मन्त्री पदबाट बाहिरिनुपरेको घटना त्यतिबेला निकै चर्चित बनेको थियो। उक्त विवादमा दीपक भट्टको प्रभाव र सक्रियताबारे राजनीतिक वृत्तमा विभिन्न चर्चा हुने गरेका थिए।त्यसबेला ठेक्का प्रक्रियामा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई भन्दा बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई प्राथमिकता दिइएको आरोप लागेको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विवाद थप चर्किएको थियो।
अनुसन्धान कहाँ केन्द्रित छ?
हाल विभागले श्रीराम टोबाको कम्पनीको सेयर कारोबार, दीपक भट्टसँगको आर्थिक सम्बन्ध, विभिन्न नीतिगत निर्णय र सम्भावित आर्थिक लाभका विषयमा अनुसन्धान गरिरहेको छ।विशेष अदालतले प्रारम्भिक रूपमा सात दिनको म्याद दिए पनि अनुसन्धानको दायरा फराकिलो भएकाले आगामी दिनमा थप तथ्य बाहिर आउने सम्भावना रहेको स्रोतहरू बताउँछन्।
