पूर्वमन्त्री जगदीश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

Spread the love

नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला जगदिश खरेलले पार्टीको केन्द्रीय संरचनामा रहेर काम गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्। रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ।खरेलले पार्टीको नीति, विचार र अभियानलाई थप प्रभावकारी बनाउँदै संगठन विस्तारमा योगदान पुर्‍याउने लक्ष्यसहित केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन्।

रास्वपाको महाधिवेशनमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका लागि विभिन्न नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। केन्द्रीय निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।