राष्ट्रिय सभा खारेजसम्बन्धी विषयमा पनि छलफल हुन सक्ने -रामकुमारी झाँक्री
काठमाडौँ – नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्री ले राष्ट्रिय सभा खारेजसम्बन्धी विषयमा पनि छलफल हुन सक्ने बताएकी छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरूसँगको संवादमा उनले संविधानसम्मत र राष्ट्र तथा जनताको हितमा हुने विषयमा पार्टी छलफल गर्न तयार रहेको स्पष्ट पारिन्।
सांसद झाँक्रीले भनिन्, “संविधानमा अपरिवर्तनीय भनेर उल्लेख गरिएका धाराबाहेक सबै प्रावधान परिवर्तन योग्य छन्। त्यसकारण राष्ट्रिय सभा खारेजजस्ता विषयमा समेत छलफल गर्न सकिन्छ।”
उनले निर्वाचनको समिक्षा र आगामी रणनीतिसम्बन्धी विषयमा पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने पनि जानकारी दिइन्।
