सुरक्षा रणनीतिमा ठूलो चुनौती ड्रोनहरू आधुनिक युद्धको स्वरूप परिवर्तन गर्न सक्ने विवरणले इरानको सैन्य ड्रोन क्षमताबारे थप चासो र बहस सिर्जना

Spread the love

अमेरिकी गुप्तचर समुदायमा नयाँ बहस सिर्जना गरेको छ। पाइलटले विमानबाट इजेक्ट हुनुअघि आकाशमा एकैसाथ समन्वयित रूपमा चलिरहेका, जेलीफिसको आकारजस्ता देखिने ड्रोनहरूको समूह देखेको दाबी गरेका छन्।घटनापछि गरिएको डिब्रिफिङका क्रममा पाइलटले आफूले ठूला ड्रोनसँग जोडिएका साना ड्रोनहरू रहेको संरचना देखेको बताएका थिए। स्रोतहरूका अनुसार ती ड्रोनहरू एकीकृत रूपमा एउटै वस्तुजस्तै सञ्चालन भइरहेका देखिन्थे। एक स्रोतले त्यसलाई “जेलीफिसजस्तो आकृति” भनेका छन् भने अर्कोले “आकाशमा ड्रोनहरूको माइनफिल्ड” जस्तो दृश्य रहेको बताएका छन्।पाइलटको बयान सार्वजनिक भएसँगै अमेरिकी गुप्तचर निकायभित्र ती ड्रोन वास्तवमै इरानको नयाँ सैन्य क्षमता हुन् वा दुर्घटनापछिको भ्रम भन्ने विषयमा मतभेद देखिएको छ। दुर्घटनाका क्रममा पाइलट घाइते भएका थिए र टाउकोमा चोट समेत लागेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा उक्त ड्रोन संरचनाले कुनै न कुनै रूपमा अमेरिकी एफ–१५ विमानलाई निशाना बनाउन सहयोग पुर्‍याएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि विमान खस्नुको वास्तविक कारणबारे अनुसन्धान अझै जारी रहेको छ।अमेरिकी अधिकारीहरूका अनुसार पाइलटले वर्णन गरेको प्रविधिलाई ‘वन–टु–मेनी मेश्ड नेटवर्किङ’ भनिन्छ। यस प्रविधिबाट धेरै ड्रोनहरूलाई एकैपटक नियन्त्रण गर्न र समन्वयित रूपमा सञ्चालन गर्न सकिन्छ। रूस र चीनसँग यस्तो क्षमता रहेको विश्वास गरिए पनि इरानसँग यस स्तरको प्रविधि रहेको मूल्याङ्कन अमेरिकी गुप्तचर निकायले यसअघि गरेको थिएन।

विश्लेषकहरूका अनुसार यदि इरानले वास्तवमै यस्तो ड्रोन प्रणाली विकास गरेको हो भने त्यसले अमेरिका र उसका साझेदार राष्ट्रहरूको सुरक्षा रणनीतिमा ठूलो चुनौती थप्न सक्छ। समन्वयित रूपमा आक्रमण गर्न सक्ने यस्ता ड्रोनहरू आधुनिक युद्धको स्वरूप परिवर्तन गर्न सक्ने क्षमताका रूपमा हेरिएका छन्।इरान र अमेरिकाबीच युद्धविरामपछिको वार्ता चलिरहेका बेला सार्वजनिक भएको यो विवरणले इरानको सैन्य तथा ड्रोन क्षमताबारे थप चासो र बहस सिर्जना गरेको छ। यद्यपि अमेरिकी अधिकारीहरूले पाइलटको दाबीबारे हालसम्म कुनै औपचारिक निष्कर्ष सार्वजनिक गरेका छैनन्।