डाइन्डाइरेक्ट बेनिफिसियल ओनरसिप मार्फत अन्य व्यक्तिको नाममा सम्पत्ति राखिएको आशंकामा अनुसन्धान तीव्र पक्राउको तयारी
प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने र पक्राउको सम्भावना रहेको दाबी गरेका छन्।बिचौलिया’ भनिएका दीपक भट्टसँगको सम्बन्ध तथा ‘इन्डाइरेक्ट बेनिफिसियल ओनरसिप’मार्फत अन्य व्यक्तिको नाममा सम्पत्ति राखिएको आशंकामा सांसद डा. अमरेश कुमार सिंहमाथि अनुसन्धान तीव्र भएको स्रोतले जनाएको छ। यही असन्तुष्टिका कारण अमरेश अहिले महाधिवेशनमा गएका छैनन् । अनुसन्धानका क्रममा सिंह र भट्टबीच लामो समयदेखिको सम्बन्ध रहेको तथ्य खुलेको दाबी गरिएको छ। भट्ट पक्राउ परेपछि सिंह तनावमा रहेको र उनको पछिल्लो राजनीतिक गतिविधि पनि अनुसन्धानसँग जोडेर हेरिएको स्रोतको भनाइ छ।
सिंहले हाल सरकार तथा रास्वपा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै संसददेखि सार्वजनिक मञ्चसम्म आलोचना गरेका छन्। उनले चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनसमेत बहिष्कार गरेका थिए। यद्यपि, यी गतिविधि राजनीतिक असहमतिको परिणाम हुन् वा अनुसन्धानको दबाबसँग सम्बन्धित भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन। अनुसन्धानमा संलग्न स्रोतहरूले आवश्यक प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने र पक्राउको सम्भावना रहेको दाबी गरेका छन्।
