भ्याट रोक्का व्यवस्था हटाइएपछि व्यवसायीहरूले आफ्नो रकम पूर्ण रूपमा एकैपटक प्राप्त गर्ने
आपूर्तिकर्ताका लागि ठूलो राहत दिने निर्णय गरेको छ। सरकारी भुक्तानीमा लागू हुँदै आएको भ्याट रोक्का व्यवस्था हटाइएपछि अब व्यवसायीहरूले आफ्नो रकम पूर्ण रूपमा एकैपटक प्राप्त गर्ने भएका छन्।यसअघि सरकारी निकायहरूले भुक्तानी गर्दा भ्याट ३० प्रतिशतसम्म रकम रोक्का राख्ने व्यवस्था थियो, जसका कारण व्यवसायीहरू नगद अभाव र झन्झटिलो फिर्ता प्रक्रियाको मारमा पर्दै आएका थिए। अब भने उक्त व्यवस्था हटेसँगै पूरै रकम सीधै व्यवसायीको खातामा जानेछ।
सरकारको यो निर्णयले विशेष गरी निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा सरकारी परियोजनासँग जोडिएका कम्पनीहरूको नगद प्रवाह (Cash Flow) सुधार हुने अपेक्षा गरिएको छ। निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको यो व्यवस्था हटेपछि व्यवसायिक वातावरण थप सहज बन्ने विश्वास गरिएको छ।
