एक्सप्रेस अभिव्यक्तिमा टायर पञ्चर टिप्पणी राजनीतिक वृत्तमा चर्चा

Spread the love

सम्बोधन गर्दै बालेन शाहले आफ्नो नेतृत्वको सरकार लोकल सडकमा होइन, एक्सप्रेसवेमा दौडिरहेको गाडी जस्तै लक्ष्यतर्फ अघि बढिरहेको बताएका थिए। उनले गन्तव्यमा नपुगुञ्जेल यात्रा नरोकिने र बीचमै ब्रेक लगाउने सोच आफ्नो नभएको सन्देश दिएका थिए।

शाहको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि नेकपा (एमाले) की नेतृ शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमा छोटो स्टाटस लेख्दै प्रश्न उठाइन्, “बिचैमा टायर पञ्चर भयो भने ?????”सामाजिक सञ्जालमा चौधरीको पोस्ट सार्वजनिक भएसँगै विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले यसलाई सरकारको कार्यशैलीमाथिको राजनीतिक कटाक्षका रूपमा व्याख्या गरेका छन् भने केहीले नयाँ सरकारप्रति गरिएको अनावश्यक आलोचना भएको टिप्पणी गरेका छन्।चितवन महाधिवेशनपछि प्रधानमन्त्री शाहको ‘एक्सप्रेसवे’ अभिव्यक्ति र चौधरीको ‘टायर पञ्चर’ टिप्पणी सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। यसले सत्ता पक्ष र प्रतिपक्षबीचको भाषिक तथा राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको टिप्पणी भइरहेको छ।