फुटबलको गोल र चुनावको भोट कसैको पेवा हुँदैन -ज्ञानेन्द्र शाहि

Spread the love

सबिना प्रजा

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको सार्वजनिक रूपमा प्रतिवाद गर्दै जनता कसैको दास नभएको बताएका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहीले चुनावमा प्राप्त हुने मत कुनै व्यक्ति वा दलको निजी सम्पत्ति नभएको उल्लेख गरेका हुन्। उनले चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनमा केही नेताहरूले व्यक्त गरेको ‘हाम्रो भोट रास्वपालाई गयो’ भन्ने धारणा लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

शाहीले फुटबल खेलको उदाहरण दिँदै जनमतको महत्व स्पष्ट पार्ने प्रयास गरेका छन्। उनले लेखेका छन्, “फुटबलको गोल र चुनावको भोट कसैको हुँदैन। जसले राम्रो खेल्न सक्यो, गोल उसैको हुन्छ। जसले जनताको मन जित्यो, भोट उसैको हुन्छ।”उनले जनताले दिएको मतलाई कसैको स्वामित्वको विषय बनाउन नमिल्ने उल्लेख गर्दै लेखेका छन्, “आज चितवनमा केही नेताहरूले ‘मेरो भोट’, ‘हाम्रो भोट’ भनेछन्। जनता कसैको दास होइनन्। त्यो भोट रास्वपाकै हो। यो चुनावमा जनताले रास्वपालाई मौका दिएका छन्, त्यसैले हामी सबैले स्वीकार्नुपर्छ। जनताको जनमतभन्दा ठूलो कुरा केही छैन।”

शाहीको यो अभिव्यक्ति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा दिएको भनाइपछि आएको हो। महाधिवेशनमा बोल्दै लिङ्देनले राप्रपाका धेरै मतदाताले ‘बालेन शाहले राजा फर्काउँछन्’ भन्ने विश्वासका आधारमा रास्वपालाई मत दिएको दाबी गरेका थिए।सोही कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि मिल्दोजुल्दो धारणा व्यक्त गरेपछि शाहीले त्यसप्रति असहमति जनाएका हुन्।शाहीको प्रतिक्रियाले जनमतको स्वामित्व, राजनीतिक दलबीचको प्रतिस्पर्धा र मतदाताको स्वतन्त्र निर्णयबारे नयाँ बहस सुरु गरेको छ। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा अन्तिम निर्णय जनताको हुने भएकाले कुनै पनि मतलाई व्यक्ति वा दल विशेषको स्थायी सम्पत्तिका रूपमा व्याख्या गर्न मिल्दैन।