सीमा सम्बन्धी आफ्नो अभिव्यक्ति कालापानी लिपुलेक नेपालकै प्रमाण तत्कालीन ब्रिटिस अभिलेखबाट ल्याउन सकिने
सबिना प्रजा
कालापानी–लिपुलेक नेपालकै भूभाग भएको दोहोर्याउँदै आवश्यक परे त्यससम्बन्धी प्रमाण तत्कालीन ब्रिटिस सरकारका अभिलेखबाट पनि ल्याउन सकिने बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै शाहले आफूले बेलायत सरकारलाई मध्यस्थकर्ताको भूमिकामा राख्ने कुरा नगरेको स्पष्ट पारे।उनले नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको उल्लेख गर्दै आवश्यक भए ऐतिहासिक दस्तावेज तथा अभिलेखसमेत जुटाउन सकिने बताए।प्रधानमन्त्री शाहका अनुसार सीमा सम्बन्धी विषय उठाउँदा नेपालले आफ्नो धारणा राख्न पाउने अधिकार राख्छ। उनले अन्य देशले सीमा सम्बन्धी विषयमा प्रतिक्रिया जनाउँदा स्वाभाविक मानिने तर नेपालले आफ्ना विषय उठाउँदा अनावश्यक विवाद सिर्जना हुने गरेको दाबी गरे।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले सीमा र ऐतिहासिक प्रमाणबारे दिएको अभिव्यक्ति यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। विभिन्न दलहरूले उक्त भनाइबारे स्पष्टीकरण माग्दै आएका थिए।यही पृष्ठभूमिमा शाहले रास्वपा महाधिवेशनको मञ्चबाट आफ्नो भनाइ स्पष्ट पार्दै बेलायतलाई मध्यस्थकर्ता बनाउने नभई प्रमाणको स्रोतका रूपमा उल्लेख गरेको बताएका हुन्।
