नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशन सम्बाेधन गर्न चितवनमा
सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार गगन थापा चितवन प्रस्थान महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। सुरुमा उनको स्थानमा उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय गरिएको थियो।तर आज बिहानको नयाँ निर्णयअनुसार सभापति गगन थापा स्वयं चितवन पुगेर कार्यक्रममा सहभागी हुने भएका हुन्।यसअघि उनी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको आजै हुने कार्यक्रममा प्रमुख अतिथि रहने तय थियो। तर सो कार्यक्रमका लागि अब उपसभापति भुसाल सहभागी हुने जनाइएको छ।सभापति थापाले आज बिहान सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेलाई महाधिवेशन सफलताको शुभकामना पनि व्यक्त गरेका थिए।
