सीईओहरूले मनलाग्दी तलब सुविधा लिन नपाउने
कार्यकारी अधिकृत (सीईओ)हरूको तलब, भत्ता र सुविधा व्यवस्थापनमा कडाइ गर्दै नयाँ मापदण्ड लागू गरेको छ। नयाँ व्यवस्थासँगै अब सीईओहरूले मनलाग्दी तलब–सुविधा लिन नपाउने भएका छन्।राष्ट्र बैंकले संस्थाको आकार, कर्मचारी खर्च तथा वित्तीय अवस्थाका आधारमा सीईओ पारिश्रमिकको अधिकतम सीमा (क्याप) तोकेको छ। विभिन्न वर्गका बैंक तथा वित्तीय संस्थाका लागि छुट्टाछुट्टै सीमा निर्धारण गरिएको बताइएको छ।
यसबाहेक, सीईओको कुल पारिश्रमिकमध्ये २० प्रतिशतसम्म रकम कार्यसम्पादनसँग जोडिने व्यवस्था गरिएको छ। नाफा, सम्पत्तिमा प्रतिफल (ROA), जोखिम व्यवस्थापन तथा संस्थागत प्रदर्शनजस्ता सूचकका आधारमा मात्रै उक्त रकम प्राप्त हुनेछ।राष्ट्र बैंकको यो कदमलाई पारदर्शिता, जवाफदेहिता र सुशासन मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ। अब बैंकका शीर्ष अधिकारीहरूको आय–सुविधा प्रत्यक्ष रूपमा संस्थाको वास्तविक प्रदर्शनसँग जोडिने भएको छ।
